कार्यसम्पादन मूल्यांकनमा बाँकेको उत्कृष्ट बन्यो डुडुवा गाउँपालिका
माध-११
अनिश शाह
बाँके । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बाँकेको डुडुवा गाउँपालिका उत्कृष्ट बनेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिजा० को नतिजा अनुसार बाँकेको डुडुवा गाउँपालिका जिल्लाकै उत्कृष्ट बनेको छ ।
आर्थिक वर्ष २०७९\०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्नमा डुडुवा गाउँपालिकाले १०० पुर्णांकमा ९२.२५ प्रतिशत अंक ल्याइ जिल्लाकै उत्कृष्ट बनेको हो ।
डुडुवा गाउँपालिकाले शासकीय प्रवन्धमा ९४.४४, संगठन तथा प्रशासनमा ९३.७५, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा १००, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १००, सेवा प्रवाहमा ९६.८८, न्यायिक कार्य सम्पादनमा १००, भौतिक पूर्वाधारमा ७६.९२, सामाजिक समावेशीकरणमा ९२.५, वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ७२.२२ र सहकार्य र समन्वय १०० अंक ल्याएर जिल्लाकै उत्कृष्ट बनेको छ ।
यस्तै कोहलपुर नगरपालिकाले ८७.७५ प्रतिशत, जानकी गाउँपालिकाले ८१.२५ प्रतिशत, खजुरा गाउँपालिकाले ८० प्रतिशत, बैजनाथ गाउँपालिका ७५.२५ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाले ७४.७५ प्रतिशत, नरैनापुर गाउँपालिकाले ७० प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकाले ६७.५ प्रतिशत अंक ल्याएका छन् ।



