
पुस ८, नेपालगञ्ज । छैठौं नेपालगञ्ज महोत्सवकाे चाैथाे दिनमा पनि दर्शक र व्यापर नहुँदा व्यापारी चिन्तित बनेका छन् ।
मेला महाेत्सवलाई लक्षित गरि टाढा टाढा बाट स्टल बुकिङ गरेर व्यवसाय गदै आएका व्यवसायी व्यापर नहुँदा स्टल छाेडेर धमाधम जान थालेलेका छन् ।
आईतवार महाेत्सवकाे चाैथाे दिनमा नै व्यवसायीकाे व्यापार साेचेजस्ताे हुन सकेकाे छैन् । व्यवसायीहरू भन्छन् विहान देखि बाेहनी नै भएकाे छैन् भए पनि १ हजारकाे मात्रै व्यापार भएकाे बताउँछन् । ब्यापारीहरू भन्छन् स्टल धेरै खालि छन् भएका व्यापारीकाे व्यवसाय नै चलेकाे छैन् यस्तै अवस्था रहिरहे भाेलि देखि धमाधम स्टल खालि हुने बताउँछन् ।

आयाेजकले भड्किलो प्रचारप्रसार र ख्याति प्राप्त कलाकाररूले दर्शक तान्ने अपेक्षा गरेपनि त्याे असफल बन्न पुगेकाे छ ।



