पुस ६

अनिश शाह

नेपालगञ्ज । बिहिवारदेखि नेपालगञ्जमा शुरु भएको छैठौं नेपालगञ्ज महोत्सवको दास्रो दिनमा दर्शक नहुँदा कलाकारहरु निराश भएका छन् ।

आयोजकले भड्कीलो प्रचार प्रसार गरेपनि महोत्सवमा दर्शक तान्न असफल भएका छन् । पहिलो दिनमा निराश भएका आयोजक दोस्रो दिनमा चर्चित कलाकार एलिना चौहानले दर्शक तान्ने आशमा रहेपनि उल्टै दर्शक नहुँदा कलाकारनै निराश भएका छन् ।

यहि ठाउँमा विगतमा आफ्नो प्रस्तुति दिन आएकी गायीका चौहान दर्शकले भरिएको चौर देख्दा खुसी भएकी थिन तर यस पालिको महोत्सवमा दर्शक नहुँदा निराश भएर फर्किएकी छिन् ।

स्रोतले दिएको जानकारी अनुसार महोत्सवको दोस्रो दिनमा २ सय टिक मात्रै विक्रि भएको बताईएको छ ।

निराश व्यापारी

महोत्सवमा स्टल बुकिङ गरेर व्यवसाय गरेका व्यवसायीहरूपनि दशर्क नहुँदा िनराश बनेका छन् ।

नाम नभन्ने सत्रमा एक व्यवसायीले भने पहिलेको जस्तो मेलामा व्यापार होला भनेर १७ हजार तिरेर स्टल बुकिङ गरे तर साझ ६ बजे सम्म पनि बोहनी भएन तर शनिबार केहि हुन्छ कि भन्ने आशमा रहेको बताए ।

महोत्सवमा धेरैजसो स्टलहरू खालि छन् बुक भएका स्टलहरूमा पनि किनमेल गर्ने मान्छे छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार