पुष-५

बर्दिया, राजापुर नगरपालिका-४ राजापुर बजारबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ७७ हजार ७ सय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ राजापुर बस्ने ३१ वर्षीय साजन कुरेशी र ३३ वर्षीय विष्णु श्रेष्ठ रहेका छन् । विष्णु श्रेष्ठको भान्सा कोठामा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार