दाङ । अखिल नेपाल किसान महासंघ दाङले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छ । लम्की स्किन रोगका कारण देशभर ठूलो संख्यामा पशुधनको क्षति भएको र किसानले पशु बिमाको रकम, खेतिपातीको समयमा रासायनिक मल नपाएको विरोधमा राजमार्ग चक्काजाम गरिएको हो ।
दिउसो साढे १२ बजेदेखि १ बजे सम्म आधा घण्टा पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको अर्जुन खोलामा चक्काजाम गरिएको जिल्ला अध्यक्ष नेपाल किसान महासंघ का केशव गिरीले जानकारी दिए ।
राजमार्ग अवरुद्ध गर्दा यात्रुहरुले सडक अवरुद्ध नगर्न अनुरोध गरेका थिए ।
सरकारलाई दवाव दिन बाध्य भएर राजमार्गमा चक्काजाम गर्नुपरेको भन्दै दुई घण्टाको चक्काजाम आधा घण्टामा टुंग्याइएको थियो ।
लम्की स्किन रोगका कारण समस्यामा परेका किसानलाई क्षतिपूर्ति र बिमा रकम तत्काल भुक्तानीका दिनुपर्ने आन्दोलनकारीको मागरहेको थियो ।



