खतिवडा योगेन्द्र

पञ्चायतका सुकुम्बासी ,आर्थिक दरिद्र ,सडकछापे सत्तामा पुग्नुनै नबधनाड्य पुँजिबादी दलालहरुको बिकास र प्रजातन्त्र रहेछ।हिजोका सडकछापहरु जो राजाको पाउमा दाम चढाएर प्रधानमन्त्री हुन लालायित हुन्थे आज तिनैले राजसस्था फ्याँकेर सत्तामा पुगेर ब्रमालुट मच्चाई रहेछन ।

आज यिनिहरुको जिबनसैली हेर्यो भने बिस्वकै ठुला उधोगपती एलनमस्क को, अमाजोन , अलिबाबा आदिको जस्तो छ । तर यिनिहरुको आर्थिक पार्जनको श्रोत केहो कसैलाइ थाहा छैन ? होस पनि कसरीर , यी दलालहरु देसको राज्यकोश लुटेर आफ्नो मोजमस्ती गरिरहेछन ।

हिजो ०४६ भन्दा अगाडि आत्मानिर्भर नेपालि जनतालाइ यिनिहरुले सत्ता हातमा लिएर आज सडक छाप बनाईदिएका छन ।आफ्ना खेतबारी बझ्याँएर , आफ्ना घर्बार सबै खन्डहरमा परिणत गराइ सहरको अर्काको घरमा भाडामा आफ्ना परिवार थन्क्याइ तीनै घरको भाडा तिर्न आज नेपाली नौजवानहरु बिदेसका गल्लि गल्लिमा खान नपाएर भौतारिई रहेका छन । यिनै पुँजिबादी दलालहरुले सिंन्डिकेट बनाइ संचालन गरेका बिद्यालय र अस्पतालको फि तिर्न करिब एक करोड नेपाली युबा आज रातदिन मरुभुमिमा आफुलाइ रगत र पसिना सँग बेचिईरहेका छन ।

अरबका देसहरुका हर चुल्हाहरुमा आज नेपाली दिदी बैनी रछ्यानको जुठो माझी रहेछन,खुल्ला आकासमा स्कर्ट र टिसर्टमा घुम्ने नेपाली नारिहरु आज अरबी पहिरन बुर्का लगाएर अरबिको सारिरिक मनोकांक्षा पूरा गर्दै उनैको घरको झाडु पोचा र बर्तन सफाइ उनिहरुको दिनचर्या बनेको छ। यति मात्र नभै विभिन्न कफि सफ,रेस्टुराँ र तारे होटेलहरुमा अबैध रुपमा बिदेसिहरु सँग देह व्यापार गर्न बाद्य पारिएका छन र अबैध सन्तानको आमा बनेर रोग र बच्चा सहित नेपाल फर्कन बाद्य छन !

लाखौं नेपाली ५५° को घाममा गेट पाले , गार्डेन हेरचाह र सडकमा फोहोर उठाइ रहेका र एयर्पोर्टतिर ट्वाइलेट बाथरुमहरु सफा गरिरहेका भेटिन्छन । आज आफ्नो दैनिकी चलाउन खाडी मुलुक नगै कसैको उपाय छैन। हिजो आजत युरोपका देसहरुले अंग्रेजी पढाउन सक्ने सिक्षक समेत लिन थालेरे , गाँउमा सिक्षण पेसामा समलग्न स्थाई नोकरी भएका कतिपय सिक्षक साथिहरु समेत नोकरी छोडी बिदेस पलायन हुन थालेको समाचारहरु आउन थालेका छन ।

त्रिभुवन बिमानस्थलमा बिदेश जानेको भिडले आफ्ना छोराछोरी ,भाईबैनिलाई हरुलाई बिदाई गर्न बिमानस्थल सम्म जान आफन्तलाई समेत यति र उति जाना मात्रै बिदाईको हात हल्लाउन आउनु भनेर त्यो खुल्ला आकास मुनि को खुल्ला जमिनमा समेत नेपाल सरकारले एनाउन्स गर्दछ समाचार निकाली रोक लगाउदछ ! यो कतिसम्म सर्मनाक बिसय हो ? यिनिहरुको चेत कैले पलाउने ?

१५ बर्षको गणतन्त्रको उपलब्धि यहि हो,अब अरु १५ बर्ष गणतन्त्र टिक्यो भने हालत के हुन्छ?बेलैमा सोचौ, गणतन्त्र नै देसको बिकास हुन्थ्यो भने आज किन नेपालको भुगोल सुरक्षित भएन ?

किन नागरिक देस बस्न पाएनन ? किन बिस्वकै भ्रस्टाचारि देसको सुचिमा पुग्यो मुलुक ? किन मगन्ते भिखारिको देस भनेर चिनिदै छ नेपाल ?यी सब कुराको जड हो यो खराब राज्य ब्यबस्थात्यसैले ,यो देशलाइ लयमा फर्काउन संबैधानिक राजसस्था फर्काई भ्रस्टाचारीको सम्पती जफत गरौ ,त्यो पैसाले आफ्नै देशमा उधोग खोल्न पुग्छ,रोजगार पाईन्छ र बिस्वमा गुम्दै गरेको हाम्म्रो मान सम्मान र इज्जत पुनः कायम गर्न सकिन्छ ।

तस्विरमा:

त्रिभुवन बिमानस्थलमा बिदेश जानेको घुईचो>> आखिर कैले सम्म?

खतिवडा योगेन्द्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार