नेपालगन्ज । नेपालगन्जमा संचालित एक महिने निशु:ल्क कुक तालिम सम्पन्न भएको छ । वैशाख १० गतेदेखि जेठ ९ गतेसम्म तालिम संचालन भएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा नेशनल मानस विकास ट्रेनिङ  इन्स्टिच्युटले प्रदान गरेको तालिममा २३ जना सहभागी थिए । तालिमका प्रशिक्षार्थीहरुलाई आज प्रमाणपत्र वितरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी र प्रेस सल्लाहकार नवीन गिरीले प्रमाणपत्र वितरण गरेका थिए । 

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै सामाजिक विकास अधिकृत जोशीले सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे । कार्यक्रममा नेशनल मानस विकास ट्रेनिङका निर्देशक राकेश रोशन धमाल, प्रशिक्षार्थी श्यामा यादवले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार