काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारत भ्रमणका क्रममा चर्चामा आएको एउटा विषय हो, मुर्रा भैंसी । तर, भारत सरकारले नेपाललाई मुर्रा राँगो उपलब्ध गराउन लागेको हो ।
मुर्राको विषयले यतिबेला संसद्देखि सामाजिक सञ्जाल तताएको छ । यहीबीच सामाजिक सञ्जालमा सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुर्रा लिन स्वाभाविक भएको तर्क गरेका छन् । ‘दिनेले दिए पछि ढुङ्गा भए नि लिनपर्छ, यो त मुर्रा हो मुर्रा १,’ उनले फेसबुकमा लेखेका छन् ।




