टिका भण्डारी ,

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न २ बस्ने प्रेमराज सुबेदीले बिगत ५ बर्ष देखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका छन् । शुरुमा उनले १० वटा बाख्रा बाट ब्यबसाय सुरु गरेका थिए । अहिले उनको बाख्रा फर्ममा ४० ओटा बिभिन्न जातका बाख्राहरु रहेका छन् ।

कम लगानी र खर्चमा पनि प्रशस्त आम्दानी गर्न सकिने भएकाले पनि उनले बोयर जात , स्थानिय खरि जात , छिमेकी मुलुक भारत बाट ल्याइएको अजमेरि , सीरोई जातका बाख्राहरु पालन गदै आएका छन् ।

पछिल्लो समय बोयर जातका बाख्राहरु बिउको लागि बढि प्रयोग हुने गरेको उनी बताउँछन।बोयर जातको बाख्रा चाँडो फस्टाउने तथा मासु पनि अन्य बाख्रा भन्दा बढी हुने भएकाले अहिले बोयर जातको बाख्रा किसानहरुको लागि राम्रो भएको सुबेदी बताउँछन् ।

उनले एउटै खसीबोका २० देखि ३० हजार रुपैयाँसम्म बिक्री गरेको बताउँछन् ।

थोरै लगानी र मिहिनेतले बाख्रा पालन ब्यबसाय बाट राम्रो आम्दानी हुने उनको अनुभव छ । काम प्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट पनि मनग्गे आम्दानी गर्न सकीन्छ भन्ने पछिल्लो समय उदाहरणीय पेशा बाख्रा पालन बनेको छ ।

बैजनाथ गाउँपालिकाको पशु सेवा शाखाले २ अवधिमा बाख्रा पालन गदै आएका किसानहरुलाई घाँसको बिउहरु बितरण गरेको छ । साथै बाख्राहरुमा केही रोग देखिएमा प्राथमिक उपचार देखि लिएर किसानको घरै पुगेर सल्लाह दिने काम गर्दै आइरहेको बैजनाथ गाउँपालिका पुश शाखा प्रमुख खड्कबहादुर शिहले जानकारी गराए ।

बैजनाथ गाउँपालिकालाई मासुमा आत्मनिर्भर बनाउनका लागि मासु उत्पादन तथा बजारिकण गर्न स्थानीय सहकारीले काम गर्दै आइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस अघि हेफर नेपाल नामक गैर सरकारी संस्थासँगको सहकार्यमा गाउँपालिलका ४ हजार ३ सय परिवारमा बाख्रा पालन गर्दै आइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार