कोहलपुर । झापाका युवा गितकार तथा संगीतकार अग्नि पराजुलिको शब्द,संगीत रहेको “अए हेरन” गितले युटुबमा मिलियन भ्युज प्रवेश गरेको छ । केहि समय अगाडी मात्र सार्बजनिक भएको यस गितले अहिले आएर चौतर्फी चर्चा बटुल्न सफल भएको छ । गितले बिशेष गरि बिहे,भोज,पार्टी,पिकनिक जस्ता कार्यक्रम हरमा चर्चा पाएको छ ।

मौलिक भाकालाई विशेष जोड गरेर बनाईएको यस गितको म्युजिक भिडियो काठमाडौका विभिन्न भेगमा छायांकन गरिएको छ । बिहेमा जन्ती गएर माया प्रेम बसेको कुरा गितले प्रस्तुत गरेको छ । ओए हेरन बोलको गितमा बेनिशा पौडेल ,शान्ति श्री परियार,पुरुषोत्तम सुवेदीका साथै अग्नि स्वयंको स्वर सुन्न सकिन्छ । उक्त म्युजिक भिडियोमा लोमस शर्मा गिता ढुंगाना तथा अन्य कलाकारहरुले अभिनय प्रस्तुत गरेका छन ।

मौलिक धुनहरुको संगित संयोजन रहेको गितमा पुरुषोत्तम सुवेदीको एरेन्ज तथा किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन । संजिला विश्वकर्माको कोरियोग्राफर रहेको म्युजिक भिडियो लाई नवीन बिष्टले निर्देशन गरेका हुन । भिडियो केपि म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार