काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत वाग्लेलाई बधाई दिएका हुन् ।

वाग्लेको जितले रास्वपा स्थापनाको मूल उद्देश्यलाई स्वर्णिम आयाम दिने उनको विश्वास छ । ‘यात्राको नयाँ तर अब सधैँ सँगै रहने साथीलाई बधाई । राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको मूल उद्देश्यलाई संसदमा तपाईंको प्रतिनिधित्वले स्वर्णिम आयाम दिने छ भन्ने कुरामा म विश्वस्त छु । प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा बधाई छ,’ रविले भनेका छन् ।

वाग्ले तनहुँ १ बाट गठबन्धनको समेत साथ पाएका कांग्रेस उम्मेदवार गोविन्द भट्टलाईलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । लामिछाने पनि चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा जित नजिक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार