काठमाडौं। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) को पर्खाइमा बसेका सवारी चालकले ३ दिनमा पाउने बताएका छन् ।
मन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको तीन महिना तीन दिनमा आफूले गरेका काम सार्वजनिक गर्दै अबको ८ महिनापछि सवारी चालकले सहजरूपमा ट्रायल दिएको तीन दिनमा लाइसेन्स पाउने बताए ।
हरेक दिन दैनिक ६ हजारको सङ्ख्यामा लाइसेन्स प्रिन्ट भएर वितरण गरिए पनि पछिल्लो लोडका कारण वितरण प्रभावकारी नभएको बताउँदै उनले मेसिन खरिदका लागि सूचना प्रकाशित भइसकेको र अब टेन्डरमा गएपछि खरिद प्रक्रियालाई अगाडि बढाइने जानकारी दिए ।
अहिले लाइसेन्स पाउन सेवाग्राहीले महिनौं कुर्नुपर्ने बाध्यता छ ।’



