काठमाडौं । नेकपा (एमाले) का नेता डा. भीम रावलले प्रहरीले प्रदर्शनकारीको मुख थुनेको विषयको आलोचना गरेका छन् ।

उनले ट्वीटर ह्यान्डलमा भनेका छन्— यस्तो कुबुद्धि कसले सिकायो ?

त्यसअघि उनले भनेका छन्, ‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने । तर, दलाल पुँजीपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाइँ गर्न खुला छोड्ने ।’

प्रदर्शनकारीको मुख थुनिएको विषयको सर्वत्र आलोचना भइरहेको छ ।

यो विषयले राष्ट्रिय सभामा समेत प्रवेश गरेको छ । सभा सदस्य विमला राई पौड्यालले लोकतन्त्रमा बोल्नेको मुख थुन्न पाइन्छ भनेर प्रश्न गरेकी छन् भने नागरिकस्तरमा पनि तीव्र आलोचना भएको छ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गरेको आरोपमा केही युवालाई पक्राउ परेका छन् । उनीहरूलाई हिरासतमा राख्न थप ५ दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार