काठमाडौं। सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका–४ मा आइतबार बिहान बस दुर्घटना भएको हो ।

ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा २ महिला, २ पुरुष र १ बच्चा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोट लगिएको र एक जनाको घुर्मीमा उपचार भइरहेको प्रहरीको भनाइ छ । यद्यपि, घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

बा. २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएर दुर्घट्ना भएको बुझिएको छ । तिब्र गतिका कारण बस दुर्घट्ना भएको र चालक सम्पर्कमा नरहेको बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार