प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य भद्र बहादुर ओलिले ५ हजार मान्छे मार्नेले देशको प्रधानमन्त्री बन्न मिल्छ भनेर प्रश्न गरेका छन् ।
अम्बिकेश्वरी डटकम सँग कुरा गर्दै ओलिले भने ‘मैले त हिजै राजीनामा आउँला भनेको सोचेको थिएँ । तर, आएन । अझै पनि अलिकति नैतिकता भए राजीनामा दिएर ठाउँ खाली गरिनुपर्छ’।
सर्वोच्चको यो आदेशबाट सबैभन्दा धेरै तरंगित माओवादी केन्द्रका नेताहरू भएका छन्। अहिले माओवादी पार्टीमै रहेकाहरू मात्र होइन, तत्कालीन माओवादीमा रहेर अहिले तितरबितर भएकाहरू पनि यो मुद्दामा एक ठाउँमा आइपुगेका छन्।
सामाजिक सञ्जालमा यसरी लेखेका छन् प्रचण्ड बिरुद्ध ओलिले
प्रधानमन्त्री ज्यु अब हजुरको नैतिकता कता हरायो खोइत राजीनामा कति टासिंएको होता त्यो जाबो प्रधानमन्त्री को कुर्सीमा नैतिकता चाहियो नैतिकता
नैतिकता छ कि छैन प्रचण्ड कम्रेड अरु लाई नैतिकता देखाउने तपाईं आफ्नो नैतिकता नि हुन्छ भने कुरा भुल्नु भो क्या हो नैतिकता क्या नैतिकता अनि राजीनामा चाहियो आजै अहिले फेरि दायाँबायाँ नहोस
खोइ त राजीनामा प्रचण्ड सरकार नैतिकता खोइ
विक्रम संवत् २०७६ माघ १ गते टुँडिखेलमा माघी पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सशस्त्र युद्धमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए
के भनेका थिए प्रचण्डले ?
प्रचण्डले भनेका थिए, ‘मलाई ताकेर यहाँ हुन त म प्रमुख अतिथि भएको हुनाले पनि होला, हिजो सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, समुदायको पहिचान र अधिकारको निम्ति लडाइँको नेतृत्व गरेको पार्टीको नेता हुनुको नाताले पनि होला, मलाई ताकेर यहाँ धेरै कुरा साथीहरूले राख्नुभएको छ ।
मैले अहिले ती सबै विषयको एकएक जवाफ दिन सायद सम्भव छैन तर पनि म केही कुरा भन्न चाहन्छु – हुन त मलाई बाहिर पनि साथीहरूले भन्ने गर्नुहुन्छ, म तथ्यांक मात्रै सच्याउन चाहन्छु, तथ्यांक के भने मलाई भन्ने गरिन्छ, मैले १७ हजार मान्छे मारेर आएको भन्ने तथ्यांक भन्ने गरिएको छ ।
साथीहरू र आदरणीय जनसमुदाय यो सत्य होइन, सत्य के हो ? सत्य के हो ? मलाई भन्न दिनहोस् । सत्य के हो भने हिजोको सामन्ती राजाहरूले १२ हजार मारेका हुन्, मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु तर राजाहरूले मारेको १२ हजारको कुरा नहुने, हिजोको राज्यले मारेको १२ हजार, १७ हजारमध्ये १२ हजारको कुरा नहुने, राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरियो भने यो न्याय हुँदैन । मैले सधैं भनेको छु, युद्धको म जिम्मा लिन्छु, त्यहाँ भएका राम्रा, नराम्रा कामको म जिम्मेवारी छु । कहीँ र कतै भाग्ने कुरा हुनै सक्दैन ।’