बिबस रसाइली ,
साउदी । साउदी अरबमा नेपाली श्रमिकहरु ले होली पर्व मनाएका छ। शुक्रबार साउदीको पुर्बी क्षेत्र दम्माममा हेल्प मधेसी साउदी अरबले उल्लासमय होली पर्व मनाएको छ। संस्थाको अध्यक्ष राम दुलार मन्डलको अध्यक्षतामा नेपाली राजदुतावासको स्थानीय कर्मचारी नारायण पासवानको सभापतित्वमा साउदीको सक्रिय संघसंगठनकाका प्रतिनिधिहरु,सामाजिक ब्यक्तित्वहरु ,दाजुभाइ दिदिबहिनीहरु लगायत ६ सय जनाको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यासमिन बेगम ,मध्य पुर्ब संयोजक राजेन्द्र अर्याल ,साउदी अध्यक्ष डम्बर यदाब , जनजाती तथा आदिवासी महासंघ साउदीका अध्यक्ष खेम गुरुङ,सामाजिक ब्यक्तित्व ओम घले ,प्रवासी नेपाली मंच साउदीका महासचिव याम लामा बम्जन लगायत ब्यक्तित्वहरुले होलीको शुभकामना ब्यक्त गर्दै मन्तव्य राखेका थिए ।

कार्यक्रममा होलीको शुभकामना ब्यक्त गर्दै नेपाली राजदूताबासको स्थानीय कर्मचारी नारायण पासवानले नेपाली श्रमिकको हकहितमा दूतावासले कार्य गर्दै आईरहेको जानकारी दिए।

कार्यक्रममा साउदी जस्तो फरक संस्कृतिको देशमा होली खेल्न पाउँदा सहभागीहरु खुशी देखिएको थियो। सहभागीहरुले एक आपसमा अबिर लगायत रङ लगाएर होली उत्सब मनाएको थियो ।

कार्यक्रममा एनआरएनएनए साउदीका संस्थापक राजु सैयद र उहाँका धर्मपत्नी आईसीसीका महिला उपाध्यक्ष यासमिन बेगम सैयदले होली खेलेर भाईचाराको उत्कृष्ट नमुना देखाएको थियोे। उहाँहरुको होलीले कार्यक्रमलाई रौनक बढाएको थियो।

होली कार्यक्रमको अतिथिको आसन ग्रहण तथा शुभकामना कार्यक्रम ११:३० मा सुचारु भएर १:०० तिर सकिएको र अतिथिको आसन ग्रहण र शुभकामना आदानप्रदान समाप्त भई सकेको र ओैपचारिक कार्यक्रम सकिसकेको हुनाले १:०० पछि उपस्थिति भएका केही अतिथिहरुलाई आसन ग्रहण कार्य समाबेश गर्न नसकेको हुनाले हेल्प मधेशी परिवार साउदी अरबले संबंधित सम्पुर्णमा माफी माग्दै निमन्त्रणा स्विकार्दै सहभागिताको लागि हार्दिक आभार संस्था अध्यक्ष मन्डलले ब्यक्त गरेको छ।

कार्यक्रममा साउदीका स्थानीय कलाकारहरुको होली विशेष प्रस्तुति किर्तन नृत्यले कार्यक्रममा अधिक रुचाएको थियो। सहभागीहरुलाई साउदीको प्रतिष्ठित अल्माराई कम्पनीले जुस र ब्रेड निशुल्क उपलब्ध गराएको थियोे। सन् २०१६ मा स्थापना भए देखि होली कार्यक्रम गर्दै आएको संस्थाले मधेस विशेष कार्य गर्ने देखिएपनी साउदीमा समस्त नेपाली श्रमिकलाई राहत तथा उद्वार कार्य गर्दै आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार