महेश रिजाल,
भालुबाङ । सशस्त्र प्रहरी बल नेपाल २९ नं. जिल्ला हेडक्वाटर ज्वालामाई गण भालुबाङ दाङले संगठनको २२ औं स्थापना दिवस अन्तक्र्रिया कार्यक्रम गरी मनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल २९ नं. जिल्ला हेडक्वाटर ज्वालामाई गणका गणपति एसपी विनोद केसीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले सशस्त्र प्रहरी बलले दाङ्गको सीमा अपराध, नियन्त्रण तथा विभिन्न दंगा नियन्त्रणलगायतका अपराधजन्य क्रियाकलाप न्यूनीकरण र विपत जोखिम व्यवस्थापन र उद्धार, आगलागी नियन्त्रण, महमारीलगायतका जोखिम र जिल्लाको शान्तिसुरक्षा र नागरिक सुरक्षामा पु¥याएको योगदान उच्च रहेको बताउनुभयो ।
अन्तक्र्रिया कार्यक्रममा नागरिक समाज दाङका सदस्य दामोदर भण्डारी, राप्ती गाउँपालिका वडा नं. १ अध्यक्ष गेमबहादुर खड्का, राजपुर गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष श्यामबहादुर रोका, वडा नं. ७ वडाध्यक्ष पुष्कर ओली, राप्ती उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जगतप्रसाद पोख्रेल, सञ्चारकर्मी महेश रिजाल, बोर्डर आउटपोस्ट सुनपत्री नाकाका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुजनकुमार गोले, वि.ओ.पी. खांग्राका सइ योगेन्दप्रसाद हमाल, बी ओ पी कोइलाबासका सइ कमल डाँगी, बी ओ पी पटौलीनाकाका प्रतिनिधि जीवन पौडेललगायतले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रमका अध्यक्ष गणपति विनोद केसीले सशस्त्र प्रहरी बल २९ नं जिल्ला हेडक्वाटर दाङ भालुबाङको समग्र सांगठिनक संरचना र शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी संगठनले खेलेका भूमिकाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी नायब उपरीक्षक खुमबहादुर केसीले गर्नुभएको थियो ।



