प्रेमबहादुर राम्जा,

तुलसीपुर । बबई गाउँपालिका–२ रातामाटाका प्रेमबहादुर केसीलाई बिहानै उठेर पसल खोल्नुपथ्र्यो । हंसपुरमा रहेको पसल खोल्न बिहानै जानुपर्ने र दिनभरि पसलमा बसेर बेलुकी घर फर्किने उहाँको दैनिकी थियो तर कोरोना महामारीपछि प्रेमको दैनिकी बदलिएको छ ।

कोरोना महामारी शुरु भएपछि केसीले सञ्चालन गर्दै आएको स्टेशनरी, फोटो स्टुडियो अनि मोबाइल पसल चल्न छोड्यो । ब्यापार चल्न छोडेपछि केसीले स्टेशनरी, फोटो स्टुडियो अनि मोबाइल पसल छोड्नुभयो । महामारी अघि पसलबाट राम्रै आम्दानी हुन्थ्यो । अरुकै सामान बेचे पनि सबैले साहुजी भन्थे तर महामारीले व्यापार नचलेपछि प्रेमले व्यवसाय नै बदल्नुभयो । घरमै बाख्रा पाल्न शुरु गरेपछि परिवारका सदस्यले पनि साथ दिए । बुवा, आमा, श्रीमती अनि भाइ बुहारीहरुले पनि सहयोग गरेपछि प्रेमले बाख्रापालनबाटै आम्दानी गर्न थाल्नु भएको छ ।

केसी बिहान ५ बजे उठेदेखि ९ बजेसम्म बाख्राका लागि दाना बनाउने, खुवाउने तथा घाँस दिनमै ब्यस्त बन्नुहुन्छ । दिउँसो पनि बाख्राको काम सकेर साथीभाइसँग भेटघाट गर्नुहुन्छ । त्यसपछि बेलुका ५ बजेपछि बाख्रा हुल्ने, खोर सफा गर्ने काम सक्नुहुन्छ । पसल छोडेपछि केसीले दुई वटा बाख्राबाट शुरु गरेको ब्यवसाय आउँदो फागुनसम्म ५० वटा बाख्राको संख्या पु¥याउने लक्ष्य राख्नुभएको छ । कोरोना संकटले प्रेमलाई बाख्रा पाल्न सिकाएको छ । कुनै प्राविधिक ज्ञान प्राप्त नगर्नुभएका केसीले बाख्रा खोरमा ठूला बाख्रा मात्रै २७ वटा पु¥याउनुभएको छ ।

उहाँसँग अहिले बोयर, जमुनापारी र लोकल क्रस बाख्रा छन् । २०७६ सालदेखि शुरु भएको बाख्रा पालनबाट अहिले वार्षिकरुपमा तीन लाखबढीका खसी÷बोका बिक्री गर्नुहुन्छ । बाख्राको संख्या बढाउने र वार्षिकरुपमा आम्दानी समेत बढाउने लक्ष्य केसीको छ । केसीले गौतम पशुपंक्षी तथा कृषि फर्म दर्ता गरेर बाख्रा पालन शुरु गर्नुभएको हो । बाख्रा पालनका लागि अहिलेसम्म कुनै सरकारी निकायबाट अनुदान प्राप्त नगरेको उहाँले बताउनुभयो । बाख्राका लागि किम्बु, कर्णाली, टाटे, भिमल, बकाइनो, खन्यु, काप्रो, सुपरनियपर, सेक्टेरिया, सुम्बा, बदाम जस्ता घासको ब्यवस्था गर्नुभएको छ । केसीले शुरु गर्नुभएको बाख्रापालनका लागि आफ्नै बारीका कान्ला र डिलले समेत साथ दिएका छन् । कान्ला र डिलमा बाख्राका लागि डाले घाँस रोप्न सहयोग मिलेको छ । उहाँले बाख्राका लागि आधुनिक खोर बनाउने र बाख्राको संख्या पाँच सय पु¥याउने लक्ष्य राख्नुभएको छ । नयाँ युगबोधबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार