घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ । गम्भीर प्रकारका मानसिक विरामीलाई करेन्ट लगाएर गरिने उपचार पद्धतिलाई मोडिफाइ गरी बेहोश गराएर गर्ने भौतिक उपचारको पद्धति ‘एमइसिटी’ भएको र यसमा विरामीलाई दुख नहुने मनोचिकित्सा विभागका डा. सञ्जीव पण्डितले जानकारी दिनुभयो।

मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएको बताउँदै उहाँले बिरामीलाई पीडा नदिएर उपचार गरिने बताउनुभयो ।

‘इलेक्ट्रोकन्भल्सिप थेरापीमा न्यूरो केमिकल चेन्ज गर्न न्यूरो मोडुलेशन गरिन्छ । यो करेन्ट लगाएर गरिने उपचार पद्धति हो’– उहाँले भन्नुभयो– ‘मान्छेले फिल्ममा देखे जस्तो करेन्ट लगाएर भाब्रेसन दिएर यसमा उपचार हुँदैन । हामीले त मोडिफाइड इसीटी विधि प्रयोग गर्छौं ।’ मुटुको इसीजी जस्तै दिमागको इइजी गर्दा आएको कम्पन मेसिनमा हेर्ने डा. पण्डित बताउनुहुन्छ । ‘एमइसिटीमा विरामीलाई अपरेशन थ्रेटरमा लगेर बेहोश बनाएर मांशपेशी पनि नचल्ने बनाएपछि दिमागमा इइजी लिड लगाएर मेसिनबाट इइजी हेर्छौं’ पण्डितले भन्नुभयो– ‘लुम्बिनीमा भैरहवापछि । राप्ती स्वास्थ्य विज्ञा प्रतिष्ठान दाङमा यो सेवा छ ।’

यस पद्धतिबाट काठमाडौंलगायत अन्य ठाउँमा उपचार गर्दा तीन हजार रुपैयाँदेखि माथि पर्नेमा प्रतिष्ठानमा एक हजार पाँच सयमा उपचार हुने प्रतिष्ठानले जनाएको छ । साविक राप्तीका कुनै पनि जिल्लाका बिरामीलाई उपचार गर्न बाहिर जानुनपर्ने डा. पण्डित बताउनुहुन्छ । गम्भीर प्रकारका मानसिक रोगीलाई उपचार गर्न प्रतिष्ठानमा १० बेडको वार्ड सञ्चालनमा ल्याएको छ ।

‘एमइसिटी’ उपचारमा मनोचिकित्सा विभागका डा. सञ्जीव पण्डितसहित एनेस्थेसीयाका लागि डा. प्रान श्रेष्ठ, कुन्दन घिमिरे, मेडिकल अफसर कपिल बेलबासे र नर्सको टिम छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघबाट शुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० बेडसहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार