काठमाडौं । नेपालकै सबैभन्दा ठूलो भनेर प्रचार गरिएको चितवनको भरतपुर महानगरपालिकामा पर्ने ओभरहेड ट्यांकी निर्माण मेयर रेणु दाहालले निरीक्षण गरेकी छन् ।
९ लाख लिटर क्षमताको ट्यांकी सो ट्यांकी निर्माण कार्य भइरहेको र त्यसको निरीक्षण गरिएको मेयर दाहालले जानकारी दिएकी छन् ।
‘भरतपुरमा निर्माणधिन नेपालकै सबैभन्दा ठुलो ओभरहेड पानी ट्याङकीको अनुगमन एवं अवलोकन भयो । जखडीमाई सहलगानी अयोजना अन्तरगत भरतपुर खानेपानी बोर्डको कार्यालयसँगै निर्माण भएको ९ लाख लिटर क्षमताको ओभरहेड पानी ट्याङकीको कार्यप्रगति बारे अनुगन भयो,’ मेयर दाहालले सामाजिक संजालमा उल्लेख गरेकी छन् ।
यस्तै, सोही ठाउँमा ४ लाख लिटरको क्षमताको ओभरहेड भने निर्माण सम्पन्न भइसकेको छ । ९ लाख लिटरको क्षमताको ओभरहेड ट्याङको ७८ प्रतिशत काम भएको मेयर दाहालको भनाई छ । सो आयोजना ३८ करोड रुपैयाँमा बोलपत्र आह्वान भई २७ करोड १७ लाख रुपैयाँमा ठेक्का स्वीकृत भएको थियो । सो आयोजना निर्माण कार्य २०७७ असार ८ गतेदेखि सुरु भएको थियो।



