तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १३ का जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडा नं. १३ र वडा स्तरिय जेष्ठ नागरिक वडा सञ्जालको समन्वयमा न्यानो कम्बल वितरण गरिएको हो ।
१३ नम्बरका वडा अध्यक्ष मोहन पौडेलको प्रमुख आतिथ्यतामा १५ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको थियो । न्यानो कम्बल पाएपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका थिए । ८६ वर्ष उमेर पुगेका आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गलाई प्राथमिकता दिएर यो पकट कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
यस वर्ष प्रत्येक वडाका १५/१५ जनालाई न्यानो कम्बल वितरण गर्न लागेको हो । कार्यक्रम जेष्ठ नागरिक मञ्चका सदस्य दिल्ली बहादुर पौडेलको अध्यक्षतामा भएको थियो ।



