तुलसीपुर । मोटरसाइकलको ठक्करबाट दाङमा २ बर्षका बालक घाइते भएको प्रहरीले बताएको छ । घाइते हुनेमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निबासी लाल सिंह बस्तेका छोरा २ वर्षका विश्वास बस्नेत रहेको इलाका प्रहरी कार्यालय तुलसीपरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो ।
घाइते बालकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।
चिराघाटबाट बाघमारे तर्फ जाँदै गरेको रा३प २९८८ नम्बरको मोटरसाइकलले साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।



