सुशील बस्नेत,

थारु समुदायले गाँउको अगुवालाई परम्परागत रुपमा चुन्न शुरु गरेका छन् । दाङ लगायतका जिल्लामा माघि पर्व अघि दाङमा मतहवा र बाँके,बर्दिया,कैलाली र कञ्चनपुर बडघर,भल्मन्सा चुन्ने चलन छ । बर्षदिनभरिको योजना बनाई चुनिएका मतहवालाई नेतृत्वको जिम्मेवारी दिने चलन रहेको छ । थारु संस्कृतिको परम्परागतलाई संरक्षण गर्न मतहवा,बडघर र भल्मन्साको महत्वपूर्ण भूमिका हुने थारु अगुवाहरुको भनाई छ ।

मतहवा चुन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ मोतिपुरमा सम्पन्न थारु समुदायको भेलाले धनवीर चौधरीलाई मतहवामा सर्वसम्मत तवरले चुनेको छ । मोतीपुरमा थारु समुदायको बाहुल्यता छ । बिहीबारको भेलामा महिला र पुरुष गरि झण्डै एक सयजनाको सहभागिता रहेको थियो । ५ बर्षे कार्यकाल रहने मतहवाले स्थानीय स्तरको विकास निर्माणमा सहजिकरण,थारु समुदायको परम्परा र संस्कृतिलाई संरक्षण गर्ने,कुलापानीको ब्यबस्थापन गर्ने लगायतका कार्य गर्ने गर्दछ । १० बर्षदेखि भेला हुन नसक्दा मतहवा नै चैन हुन नसकेको मोतीपुरका पूर्ब मतहवा कालुराम चौधरीले जानकारी दिनुभयो ।

द्धन्दकालमा मतहवा चुन्ने र भ्यूहार थान संरक्षण गर्ने चलन रोकिएको थियो । २०६८÷६९ सालमा मतहवा भेला भयो,त्यसपछि हुने नसकेको थिएन चौधरीले भन्नुभयो । युवाहरुमा त्यतिधेरै चासो पनि नहुने र रोजगारिका लागि देश बिदेशमा भएका मतहवाको भूमिका पनि केही खस्कीएको स्थानीय जगनी चौधरीको भनाई छ । भेलामा मानव अधिकारकर्मी एवम पत्रकार सुशील बस्नेतले थारु संस्कृतिलाई संरक्षण गर्न थारु र गैरथारु बिच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा अम्वरबहादुर बस्नेत,मोहन बस्नेत लगायतले भ्यूहार थान र सामुदायिक भवनको आबश्यकता रहको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार