बुटबल । बुटवलमा दर्ता नभएका इलेक्ट्रिक रिक्सा सञ्चालनमा रोक लगाइएको छ । बुटवल उपमहानरपालिकाले दर्ता नभएका ई–रिक्साका कारण दुर्घटना बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै यस्तो निर्णय गरेको हो । बुटवलमा अब दर्ता भएका १ हजार २५६ वटा ई–रिक्सा मात्रै चल्न पाउने उपमहानगरले जनाएको छ ।

विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका ई–रिक्सा सञ्चालनमा रोक लगाइएको उपमहानगरका मेयर खेलराज पाण्डेले बताए ।

दर्ता नभएका ई–रिक्सा सञ्चालन गरेको पाइएमा नियन्त्रणमा लिएर कारबाही गरिने राजमार्ग सुरक्षा तथा दुर्घटना नियन्त्रण कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

बुटवलमा दर्ता नभएका १८४ ई–रिक्सा रहेका उपमहानगरपालिकाका वित्त व्यवस्थापन, शिक्षा तथा जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार