दाङ । एक कार्यक्रमका बिच अम्बिकेश्वरी क्याम्पसमा सोसल अफेयर क्लब गठन गरिएको छ ।क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता तथा क्याम्पस अध्यक्ष द्रोण खड्काको प्रमुख
आतिथ्यतामा एक कार्यक्रमको बिच बोमकला बोमपाल मगर को नेतृत्वमा क्लब गठन गरियो ।जसको उपाध्यक्षमा रोशनी धिताल, सचिबमा रण बहादुर खड्का ,सह सचिबमा शिव कुमार चौधरी तथा कोषाध्यक्ष सुस्मिता लामिछाने साथै ४५ सदस्य कमिटी गठन गरिएको छ । यश क्लबको ब्यबस्थापकमा श्री बसन्त प्रसाद रिजाल
र सल्लाहकारमा द्रोण खड्का ,नरेन्द्र बन्जाडे ,कृति डि सि तथा गौरब भट्टलाइ मनोनीत गरिएको
छ ।कार्यक्रम संचालन क्लबका सचिब रण बहादुर खड्काले गर्नु भएको थियो ।