हाम्रो गाँउमा एकजना बल बहादुर निरौंला( लप्टन बा) भनिने प्रतिस्ठित ब्यक्ती हुनुहुन्थ्यो ! उहाँले यो देसको राज्य सत्ता सँग सिधैं पौंज राख्नु हुन्थ्यो ।
तेह्रथुमको फाक्चामारा स्थाई घर भएका लप्टन बा का त्यति बेलाको समयमा आफ्नै कुटानी पिसानिको ठूलो मिल , दुई चार वटा घोडा , दुईचार हल गोरु , ५०/१०० वटा खसी बाख्राको बथान , दुई चार माँउ लैना गाई भैंसी र त्यस्तै किशिमको खेतिपाती नोकर चाकर आदि !! भनौं एउटा भिजन सहितको कृषि क्रान्तिको नाँयक थियो गाँउमा ।।
गाँउमा कसैलाइ ऋण आबस्यकता पर्दा होस वा सारो गार्हो र सुत्केरी हुन नसकेका महिलाहरुलाइ आर्थिक सहयोग उनैको हात र परिवारबाट हुन्थ्यो । उनी सधै उकाली ओराली र भन्ज्याङ चौतारी घोडसवारिमा गर्ने गर्दथे , एक हिसाबले भन्दा उनी गाँउका राजा साहुने थिए ।
उनि मात्रै हैन हाम्म्रो समाजमा अपबाद छोडेर निरौला परिवारमा त्यही किशिमको खान्दानी राज थियो ।
हजारौं रोपनी सिमखेत , बेंसिका टाहारी खेत मंसिरको चटारो र अन्नबाली थन्क्याउने बेला उनका धन्सार / ढुकुटी मा कुत र अधिँया खेत रोपि अन्न थन्क्याई दिन नजिकका मुक्सुना बेँसी , अँधेरिबेसी , पारी ओख्रे मार्सेफाँट, हाक्पारा , पन्चकन्या , हमर्जुङ फोक्चे बेसिँ र लेकतिर बाट पनि यसरिनै अन्न बोकेर मानिसको ताँती नै लाग्दथ्यो । त्यहाँका सम्पुर्ण इलाकाबाट प्राय: मंसिर भरिनै उहाँको धन्सारमा गाँउलेहरुले सयौं मुरि धान ल्याएर थन्क्याई दिई रहेका हुन्थे !
पन्चायती शासनकालमै उहाँलो प्रतक्ष लगानिमा खोलिएको दाँगपा / फुलेकको हजादौं रोपनिको चिया बगान , अलैंची खेती , मोरङको हसन दह/ तितृझाँक एरियामा ५०/५२ तिरै दुइचार बिगाहा माटोमा खोलिएको प्रसिद्द माछाफाम , उहाँका आफ्ना तराइका सयकडौं बिगाहाको धान खेती आदिको बारे लेख्न खोज अनुसन्धानको पत्रकारिता चाहिन्छ । पंतिकारले आज त्यता तर्फ आफ्नो कलम चलाउन खोजिएन तर समयले त्यो पनि खोजी गर्नेनै छ ।
आजको प्रसंग गणतन्त्रको दुहाई दिदै उनले लगाएका कृषि बगैंचामा मावोबादी क्याम्पेनिङ गरि उनैलाइ भाटे कार्बाही गर्न लागेको समाज र त्यो समाजले आज बेहोरेको आर्थिक र सामाजिक क्षतिको बारे कटाक्ष गर्न तर्फ सोझिने छ ।
तेह्रथुम उतिबेलाको पन्चकन्यापोखरी गाउँ पन्चायत , तात्कालिन फाक्चामारा गाबिस वडा .७ अनि हालको छथर गाउँ पालिका वडा न. ४ मा उहाँले लगाएको हजारौं रोपनी मा फैलिएको सुन्तला बगैंचा र उच्च उच्च आधुनिक जात जातका आँप लिची र कटहर , बडर आदिको बगैंचा जुन बगैंचाको नाम #लप्टनकोबगौंचा बाट प्रसिद्द थियो ! त्यो समयमा उक्त ठाँउमा सालका बोट र बनमारा बाहेक खर समेत मुस्किलले उत्पादन हुन्थ्यो ।
उक्त बेलडाँडामा तात्कालिन फाक्चामारा गाबिस भरिका जनताका तिथि , श्राद्द , बिहे बटुलो र अन्य सुभ असुभ कार्जेका लागि शालका पात टिप्न लर्को लागेरै पुरुस महिला जाने गर्दथे र दिनभरिको थकान मेट्न लप्टनबाको बगैंचामा बेल्का भए सँगै गाउँ फर्कने सिल्शिलामा उक्लिएर ३/४ किलोमिटर टाढा बाट लप्टन बा को एकल लगानिमा ल्याइएको धारा को पानी पिएर आफुलाइ प्रफुल्लित र आनन्दित मात्रै बनाउदैन थिए , समय अनुशारको फल आँप लिची , कटहर , आरु र अन्य जातका स्थानिय फलफुल सँगै विभिन्न जातका बोटैमा पाकेका स्वादिला केरा आदि फलको स्वादमा आफुलाइ बेग्लै दुनियामा पुगेको एउटा स्वर्णिम आनन्द महसुस गरेको यो पंतिकारले स्वयम् भोगेको हो ।
कतिसम्म भने
स्थानिय स्तरमा त्यो ठाँउलाइ बेलडाँडा भनेर चिनेने गरेको त थियो नै । कतिपयले त हाम्म्रो बाल्यकालमा चकचक कमहोस र घरमा नानिबाबुहरु झगडा नगरुन भनी उ बेल्डाँडाबाट राँके भुत गाँउतिर उभो लाग्यो अब खान्छ है चुप लाग भनेर समेत डर देखाउदथे । तर वास्तविकतामा ती आगाका फिलिङ्गाहरु राँकेभुत नभै दिनभरी सिकारी जंगल , चुम्मके दाइले कमाउने तिनै निरौला खान्दानको तिलकर्ने खेत र पारी आँपगाछी बस्नेत गाउँ सम्मै को तिनै मेलो पात र बन जंगल गर्न गएका गाँउलेहरु सन्ध्या भए सँगैका तिन्का हातमा उज्यालोको लागि बोकिएका पुल्ठा राँका, टुकि र टसहरु को पिल्पिले तिलमिलावट मिसिएको मन्द उजेलो हुन्थ्यो ।
लप्टनबाको त्यो प्रसिद्द आँप बगैंचाको सुभासना जिल्ला का कुना कुना र बाहिरी जिल्लामा समेत पुगि सकेको र त्यहाँ आएर सिजन अनुसारको अर्गानिक फल खरिद गरि आफ्नो परिवारसँग बसेर खानु दैनिकी जस्तै भै सकेको कुरा पंतिकार स्वयमले आफ्नो बुवा सँगै भोकेको हो । लप्टन बाले बगैँचा हेरबिचार र स्याहार संहारको लागि टिनको छाना लगाइदिएर घरै बनाइ दिएर हिसाब किताब जान्ने रुङ्गालो समेत उस्को सपरिवार फामहाउसमै राखी दिएका थिए ।
दिनहरु बित्दै गए देसमा कथित मावोबादिको उदय भयो, उदय सँगै अराजक गतिबिधी , हत्या , आतंक , अपहरण र लुटपाटबाट आजित भै गाउँ घर छोडेर सहर पस्नेको ताँतिनै लाग्यो , यति मात्रै भएन लप्टन बाको त्यो त्यति बेलाकै समयमा आधुनिकता यहिँ संभब छ, यो गाँउनै स्वर्ग बनाउन सकिन्छ भनेर उत्पादन दिएर सिङ्गो गाउँ र अन्य विभिन्न ठाउँ बाट ती प्राकृतिक फलफुल खरिद्न आउने मानिसहर समेतले बिस्वास गरि सकेको त्यो अनुपम उदाहरण र त्यो स्वर्ग भुमिलाइ मावोबादिहरुले आफ्नो कब्जामा लिए , लप्टनबाको परिवार मावोबादिको त्यो बेकारको वाइयत टर्चर सहन नसकेर गाँउनै छोडेर तराइ/ सहर तिर झर्यो , त्यो परिवारको तराइमा समेत परापुर्बकाल देखिनै आफ्नो बिरासय त थियोनै ।
पंतिकारले लप्टनबाको वगैंचालाइ केन्द्रबिन्दुमा राखेर यो कलम अगाडी बढाउने उद्घोस सगैं त्यो बगैंचाचा करिब मावोबादी द्वन्दभरीको काल खन्डमा त्यहिँका एक जना आफुलाइ ठुलै मावोबादी भएको र मैले मात्रै लप्टनको बगैंचा भन्दा विशाल बगैँचा यहिँ देखेको छु भनेर त्यहि बगैँचाको रखवालो बनी मावोवादी बिद्वङ्सकारिको आडमा आफ्नो मनोमानिका गतिबिधिहरु संचालन गर्न पुगे । समयक्रमले यत्ती सम्म घात गर्योकी स्वयम् लप्टन बा को परिवार समेत बगैंचा त छोडौं आफ्नै थाकथलो आउन नसक्ने अवस्था कथित मावोबादिहरुले बनाई दिए !
यहाँ भन्नै पर्दछ कि तात्कालिन समयमा पंतिकारको बुवाको भनाई र भोगाइ अनुशार नजिकैको हजुर्बुवाले आर्जेको लप्टनबाको बगैंचा वारिपट्टिको डाँडोबारी र अलि तल्ल पट्टिको साहुका खेतहरु मा मेलोपात गर्ने क्रम्मा लप्टनबाको बगैँचा र त्यहांका आँप नखाइ र नजिकको मुक्सुना जंगलको मयुर नाच हेर्दै फडिर जामोनो र सिजनअनुसारको बयार केरा आदि मज्जा नलिइ बेँसी झरेर दैनिकी गरेकोमा मजानै नआउने गरेको बुवाले बताउनु हुन्छ ।
लप्टनबाको त्यो प्रसिद्द बगैँचा भन्दा अलि माथीपटि आधा घन्टाको बाटोको फरकमा गाँउको बिचमा त्यस्तै घनापटेर सुन्तला बगैँचा थियो त्यो बगैँचा पनि त्यसरिनै अर्को जातको कथित मावोबादी समर्थकले कब्जामा लिएको नाँटक गरि त्यहाँबाट पनि मनोमालिन्यता सुरु गरियो !
लप्टनबाका बगैंचाको स्वाद अब एउटा बिचारहिन स्तर हिन र सभ्यता मासक कपुतको नेतृत्वको चंगुलमा परिसकेको थियो । यति सम्मकी कुनै दिन पंतिकारलाइ असाद्यै प्यारो ठान्ने निरौला परिवारकै एक जना बुवाले बाबू मलाइ मेरो लप्टन बा को बगैंचाको सुन्तला खान मन छ भन्दा पनि त्यो बिरामी सरिरले खान नपाउने अवस्था सिर्जना गरिएको थियो । अब कल्पना गर्नोसत कस्तो अवस्थाको सिर्जना भएको थियो होला !
समय बित्दै गए लप्टनबा पुर्ण रुपमा बिस्थापित हुनु भयो उहाँ त बितेर गै सके पनि उहाँको परिवारमा आज पंतिकारले बुझे सम्म लाउन खान कुनै अभाब छैन तर जस्ले लप्टन बा र सिङ्गो समाज लखेट्यो के त्यस्ले त्यो समाज समुन्नत बनायोत ??
बनाएन
बरु के गर्यो भन्दा
लप्टन बा को बगैँचा सामन्तिको भन्दै गोडमेल गरेन फल दिउन्जेल खायो उभृएको फलफुल आफ्नै बाउको बिर्ता हो झैं गरि बेच्यो र बेचेको पैसाले जाँड पानी खाएर साँढे झै बनी समाज लाई अधौगतिमा रुमल्यो !
जातित द्वेस फैलाइ समाजलाइ लडाउन आफू मावोबादिको गोटि बनिरह्यो तर आफ्नो जुठेल्नोमा आज गएर हेर्न सक्नु हुन्छ लप्टनबाको बगैंचाको त के कुरा एउटा कुनै जातको फलफुलको बिरुवा उस्को घुर्याङ , जुठेल्नो वा कोठेबारिमा छैन ! यी सबै अपराधले बरु आफ्नो भौतिक शरीर पनि अल्पयुमै उपरवालाको प्यारो बन्न पर्यो ।
ठ्याक्कै त्यस्तै अपराध अर्को समुदायको युबाले सुन्तला बगैंचामा गर्दै बस्यो तर आफ्नो घुर्यान बाँझै राख्यो , दाँगपा/ फुलेकका ती अलैंची , चिया बगैंचाबाट लाखौं रुपैंयाँ लप्टनबालाइ नदेखाइ लुटेर खानेहरुले आज न आँप बगैँचा थपे , न सुन्तला कागती न अलैंची वा न खेतिपातिनै जोगाएर उत्पादन शिल गाउँ , मुलुक वा देस बनाए !! बरु यिनै हराम खोरहरु आज बिहारबाट आएको सब्जी र फलफुल किनि खान बाद्य भएका देखिन्छन। यहि हो सम्मृद्दी ??
मोरङ जिल्लाको त्यो माँछा फर्मको चर्चा आज भन्दा २५/३० बर्स अगाडि लप्टनबाको फामको माछाको नामले झापा, मोरङ र सुन्सरिमा चिर परिचित थिए ती सबै आज सामन्तिका भन्दै मासेर बिहारबाट भित्र्याउने परिपाटी बसाल्ने मावोबादी क्रान्तिका कुरा गर्छ , सर्बहाराका कुरा गर्छ अनि समाजबादका कुरा गर्छ कस्ले पत्याउने ??
अन्त्यमा
यो त केवल प्रतिनिधी घटना मात्रै पस्किएको हुँ , देसै भरी आज दले र देसि बिदेसी सक्तिले यो देस चारैतिर बाट चुसी रहेछन!
तर
यो देसमा लप्टन बा ले २०२५ शाज तिरै सुरु गरेको औधोगिक कृषिक्रान्तिलाइ आजका ज्यान्मारा कम्युनिस्ट र लठुवा काङ्ग्रेसिहरुले उतिबेलै बुझेर अलिकती मात्रै साथ दिएका भए आज पंतिकारकै स्थानिय पालिकाको सेरेफेरोको कुरा गर्दै गर्दा , लम्बु दोभान, अधेरी दोभान , कंशुवा दोभान , वालुम्भा दोभान र यी आसपासका क्षेत्र चारै तिर लप्टनबाको आँप बगैँचा जस्तै बगैँचा हुन्थे र तमोरको किनारै किनार कुद्ने फुलबडी ट्रकले आम नागरिकका उत्पादन आज फाम फाममा आएर कृषकका उत्पादन उठाउने निस्चित थियो। अब भन्नोस
मावोबादिको गणतन्त्र , एमालेको दर्सन , काङ्ग्रेसको समाजबादले नेपाली जनतालाइ कैले दिन्छ २०२५ शाल तिरको लप्टनबाको लेवलको त्यो कन्सेप्ट र सम्मृद्दी ?? अनि कैले गर्छ भारतिय दादागिरिको अन्त्य ??



