तुलसीपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी तुलसीपुर नगर कमिटीले बिहीबार दिवंगत पूर्वराजा वीरेन्द्र वीरविक्रम शाहलाई सम्झिएको छ ।

पूर्वराजा वीरेन्द्रको ७७ औं जन्म जयन्तीका अवसरमा वीरेन्द्र चोकमा एक सय ७७ वटा पालामा दीप प्रज्ज्वलन गरिएको थियो । सो अवसरमा वीरेन्द्रप्रतिको विश्वास र गरिमा बारे वक्ताहरुले चर्चा गर्नुभएको थियो ।

पार्टीका नगर कमिटी अध्यक्ष प्रबत बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पाटिका जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत बिश्वबिधालय समन्वय विभाग प्रमुख जित जंग वली युवा नेताहरू रमेश कुमार क्षेत्री , युवराज बस्नेत , सुरेन्द्र खड्कालगायतले बोल्नुभएको थियो।

कार्यक्रममा बिश्वबिधालय समन्वय विभाग प्रमुख जित जंग वलीले राजा सबैका साझा थिए, राजा हटाइयो उनको सम्पती राष्ट्रियकरण भयो, राजालेनै खोलिदिएका उद्योग धन्दा देखि बालुवाटार लगायतका जग्गा समेत बेचेर खाए, राजाबाट प्राप्त सम्पती समेत लुट्न सुरु भयो , कति भए पुग्छ ? राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको वली बताएका छन्।उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार